दुई दशकमा पनि बनेन कान्ति राजमार्ग
काठमाण्डौ।राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ ।
सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र अझै पनि बाँकी रहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी...